बाढी पीडितलाई प्याकेजमा राहत दिन नेता पाैडेलद्वारा सरकारसँग आग्रह

धनगढी।

बाढी पहिरोबाट आहत सुदुरपश्चिमको स्थलगत अवलोकन गर्न पुगेका कांग्रेस उपभासभापति रामचन्द्र पौडेलले पीडितलाई प्याकेजमा राहत दिन सरकारसँग आग्रह गरेका छन्।

पीडितको दुःख बुझ्न आएको बताउँदै पौडेलले प्याकेजमै राहत बाँढ्नु पर्ने भन्दै सरकारलाई आफूले यस विषयमा घचघच्याउने बताए।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकोप्टरबाट भ्रमण गरेर फर्किएका थिए ।

पीडितको अवस्था बुझ्न आइपुगेका पौडेलले पार्टी महाधिवेशन तालिका प्रभावित भएकोमा गुनासो गर्दै अझैपनि तालिका बनाएर अधिवेशनका कामलाई निरन्तरता दिन सकिने बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस