हाइड्रोपावरको जेसीबीमा आगजनी

काठमाडाैँ । सोलुखुम्बुको मिड सोलु हाइड्रोपावरको जेसीबी मेशिनमा अज्ञात समूहले आगजनी गरेका छन् । सोलु दुधकुण्ड नगरपालिका-६ मा रहेको मिड सोलु हाइड्रोपावरको कार्यक्षेत्रमा पार्किङ गरिराखेको प्रदेश ३-०१००३ प्र.७०४८ नम्बरको जेसीबी मेशिनमाथि अज्ञात समूहले आगजनी गरेको हाे ।

गत मंगलबार हाइड्रोपावरले कार्यक्षेत्रमै पार्किङ गरी राखेर अपरेटर दशैं मनाउन घर गएको समयमा आगजनी भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी ओम प्रकाश यादवले जानकारी दिए । सोलु दुधकुण्ड नगरपालिका-६ का दिलकुमार बस्नेतको यो जेसिबी मेसिन संगीता कन्स्ट्रक्सन काठमाडौंको नाममा रहेको खुल्न आएको छ । आगजनीबाट पूर्ण रुपमा क्षतिग्रस्त बनेको मेशिनको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

करिब सात महिनादेखि हाइड्रोपावरले प्रयोग गर्दै आएको जेसीबी कुन दिन आगजनी भएको हो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । आइतबार मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको यस घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कट्वालले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस