राहुल द्रभिड भारतीय क्रिकेट टिमको प्रशिक्षक बन्दै

काठमाडौँ । भारतका पूर्व खेलाडी राहुल द्रभिड राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बन्ने तयारी गरेका छन् । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार द्रभिड भारतीय टिमको प्रशिक्षक बन्न तयार भएका छन् ।

भारतीय मिडियाका अनुसार द्रभिडलाई बार्षिक १० करोड पारिश्रमिकको अफर गरिएको उल्लेख गरेका छन् । यस अघि रवि शास्त्रीलाई ५.५ करोड पारिश्रमिक दिइएको थियो । हालका प्रशिक्षक रवि शास्त्रीको कार्यकाल आगामी साता सुरु हुने आइसीसी टी-२० विश्वकप पछि सकिदै छ ।

हाल नेशनल क्रिकेट एकेडेमीक निर्देशक रहेका द्रभिडले विश्वकपपछि भारतीय टिमको न्यूजील्याण्ड टूरबाट प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस