ससुरालीमा टीका लगाएर फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु

काठमाडौँ । खोटाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको हो ।

उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्किरहेका थिए । शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । राउतको शवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस