व्यापारी भन्छन्, ‘काठमाडौं ल्याइएका खसीबोका बिक्री नै भएनन्’

काठमाडौं उपत्यकामा खसीबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन्। कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका हुन्। कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दशैँ मनाउन गएकाले काठमाडौंमा खसीबोका व्यापार कम भएको बताएका छन्।

खसीबोकाको व्यापारमा काठमाडौंका स्थानीय व्यापारीहरुको राम्रो व्यापार भएपनि बाहिरबाट खसीबोका लिएर आउने व्यापारीहरुले परलमोल नै उठाउन नसकेको गुनासो गरेका छन्।

काभ्रेबाट खसीबोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताए। गत वर्ष ३ सय खसीबोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उनले यस वर्ष अझै सय वटा बोका बेच्न बाँकी रहेको बताए।

त्यस्तै धादिङबाट खसीबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आएका परशुराम चौलागाईंले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताए। उनले यसपटक खसी किनेको परलमोल नै उठाउन हम्मेहम्मे परेको गुनासो गरे। उनले कोरोनाका कारण ग्राहकहरुको खरिद शक्ति नभएको बताए। किन्न आएका ग्राहकहरुले मूल्य थोरै दिने गरेको उनको भनाइ छ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । …

प्रतिकृया दिनुहॊस