सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि  ३२ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कायम  चुक्तापुँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर  र बोनस सेयर  कर प्रयोजनार्थ १.६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९८६.८४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भप पछि सेयरधनीहरुलाई वितरण गरिने छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस