भारत । जिन्स पाइन्ट लगाउन नदिएको निहुँमा एक भारतीय प्रहरी अधिकारीको उनैको परिवारले हत्या गरेका छन् । सब इन्सपेक्टर मेहरबान अलीको हत्याको आरोपमा उनकी पत्नीसहित चार जना छोरीहरु पक्राउ परेका छन् । उनीहरुले भाडाका अपराधीहरुलाई हत्या गर्ने जिम्मा दिएका थिए ।
अलीको शव घरबाट मात्र २५० मिटर टाढा रहेको भारतको उत्तर प्रदेशमा नालीमा हिजो फेला परेको थियो ।
हत्याका लागि ‘कन्ट्रयाक्ट किलर’ लाई प्रयोग गरेको स्वीकार गरेपछि प्रहरीले ५२ वर्षीया जाहिदा बेगमसहित छोरीहरु २६ वर्षिया साबा, २२ वर्षिया जिनत, १९ वर्षिया इराम र १८ वर्षिया आलियालाई शाहाजाहँपुरमा रहेको उनीहरुको घरबाट पक्राउ गरेको छ ।
अलीको शव फेला परेपछि गरिएको अनुसन्धानको क्रममा सो क्षेत्रमा लगाइएको सिसिटिभीको फुटेज हेरेपछि यो हत्या प्रकरण पर्दाफास भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस