चितवन । चितवनको पर्यटकीय केन्द्र सौराहाको राप्ती किनार नजिकका रेष्टुरेन्टहरु सम्भावित बाढीको डरले सुरक्षित स्थानमा सार्न थालिएको छ ।
हिजोदेखिको निरन्तरको वर्षाले राप्तीको बहाब बढ्दै गएपछि सौराहा पव क्षेत्रका व्यवसायीहरुले सामानहरु सुरक्षित स्थानमा सार्न थालेका हुन् ।
क्षेत्रीय होटल संघ सौराहा नेपालमा अध्यक्ष सुमन घिमिरले नदी किनाराका रेष्टुरेन्टका सामान सारिएको बताए ।
गएको बर्ष साउनको अन्तिममा आएको बाढीले सौराहामा करोडौंको क्षति गरेको थियो ।
हेटौंडा र पूर्वी चितवनका विभिन्न खोलाहरुमा पानीको सतह बढेका कारण बाढीको खतरा सौराहामा बढी हुने गरेको छ ।
प्रतिकृया दिनुहॊस