४ शाखा थपिए महालक्ष्मी विकास बैंकको

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चार शाखाहरु थपेको छ ।

बैंकले शुक्रबारदेखि कारोबार सञ्चालन गर्ने गरि एकैसाथ चार नयाँ शाखाहरु थपेको हो ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ६, विरेन्द्रनगर स्थित सुर्खेत शाखा, बाकेँको कोहलपुर नगरपालिका वडा नं १०, कोहलपुर स्थित कोहलपुर शाखा, सिराहाको लहान नगरपालिका वडा नं १, लहान स्थित लहान शाखा तथा नवलपुरको कावासोती नगरपालिका वडा नं ८, कावासोती स्थित कावासोती शाखामा नयाँ शाखा स्थापना गरेको हो ।

यी चार नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या ८३ पुगेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढि रहेको छ ।

बैंकले हालसम्म रु. २६ अर्ब ७७ करोड निक्षेप संकलन गरी रु. २२ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस