सिटी एक्सप्रेस मनि ट्रान्सफरको २० औं बार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना

का ठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १९ बसन्त पार गरेर २० औं बर्षमा प्रबेश गरेको छ । यही २० बार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान जीवनदान –हामी सबैको योगदान” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेखनीय सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो । साथै २० औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बर्षको उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको थियो ।उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १९ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुतmानी पनि गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री