बहुभाषी चलचित्र हिमआँधीको छायांकन रोकियो

काठमाडौं । बहुभाषी चलचित्र हिमआँधीको छायांकन रोकिएको छ । नेपाल भाषाको कृति “जि वयाला लच्छि मदुनि”लाई आधार बनाएर नेपाली, नेपालभाषा, अंग्रेजी तथा चिनियाँ भाषामा एकैसाथ बनिरहेको चलचित्रको छायांकन रोकिएको हो ।

युवा निर्देशक प्रदीप खड्गीको सवारी दुर्घटना भएकोले केहि समयको लागि सुटिङ प्याक अप गरिएको छ ।

तत्कालिन श्री ३ महाराज जंगबहादुर राणाजीको सुटिङ सकाएर घर फर्कने क्रममा कीर्तिपुरस्थित नयाँ बजार चोकमा उनको सवारी दुर्घटना भएको थियो ।

निर्देशक खड्गीलाई चिकित्सकले केहि समयको लागि घर मै बसेर पूर्ण रुपमा आराम गर्न सल्लाह दिएपछि करिव ९० प्रतिशत सकिसकेको छायांकन रोकिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री