स्वरोजगार लघुवित्तको हकप्रद सेयर जारी गर्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको आगामी असार २८ गते बुक क्लोज हुने भएको छ । संस्थाले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको कारोबारको दर्ता किताब बन्द गर्न लागेको हो ।

कम्पनीले १ बराबर १ को अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।

हकप्रद सुरक्षित गर्न अन्तिम मिति असार २७ गते रहेको छ ।

हाल यसको चुक्ता पुँजी १२ करोड २४ लाख ९७ हजार रुपैयाँ रहेको छ । हकप्रद शेयरपछि कम्पनीको चुक्ता पुँजी २४ करोड ४९ लाख ९४ हजार रुपैयाँ पुग्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री