राष्ट्रपति एन्ड्रेसलाई ट्रम्पको वधाई

वासिङ्टन, १८ असार । मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाई दिएका छन् ।

उनले ट्वीटमार्फत बधाई दिँदै अमेरिकाले आगामी दिनमा उनीसँग मिलेर कामगर्ने बताएका छन् ।

उक्त वधाई सन्देशमा उनले भनेका छन्, अमेरिका र मेक्सिकोका लागि फाइदा पुग्ने धेरै काम गर्न बाँकी छ, त्यसतर्फ नवनियुक्त राष्ट्रपति एन्ड्रेसको ध्यान पुग्ने नै छ ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपतिले मेक्सिकोको अहिलेको छवि सुधार्न धेरै काम गर्नुपर्नेछ र यदि त्यसो भयो भने यसले मेक्सिकोलाई मात्र होइन कि अमेरिकालाई पनि सहयोग पुग्नेछ भनेका छन् ।

दुई महिनामात्र अघि पनि राष्ट्रपति ट्रम्पले मेक्सिकनलाई जनावरको सङ्ज्ञा दिएका थिए । यसप्रति मेक्सिकोले कडा आपत्ति जनाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री