काठमाडौं । कामना सेवा बिकास बैंकको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्जमा आज समायोजन भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न लागेको ५.५० प्रतिशत बोनस पश्चात बैंकको सेयरमूल्य समयोजन भएको हो ।
बोनसवितरण गर्न बैंकले आजदेखि सेयरधनी किताब बन्द गरेको हो । बोनस पारित गर्न बैंकले असार ३२ गते साधारण सभा आह्वान गरेको छ । सभाले चुक्ता पूँजीको ६.५० प्रतिशत लाभांश समेत बितरण गर्ने प्रस्ताब पारित गर्नेछ ।
बोनस शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य १ सय ४३ दशमलव १३ रुपैयाँ कायम भएको छ । जसको औसत मूल्य भने १ सय ७५ दशमलव ५६ रुपैयाँ रहेको छ ।
बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड २६ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।
तपाईंको प्रतिकृया




