अमेरिकाको पत्रिका कार्यालयमा गोली चल्यो

काठमाडौं । अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा आज बिहान गोली चलेको छ । गोली प्रहारमा परी ४ पत्रकारसहित ५ को मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् ।

मेरिल्याण्डको प्रहरीले एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा पाँच जना मारिएको जनाएको छ ।
मेरिल्याण्डको आनापोलिस भन्ने नगरमा रहेको क्यापिटल गजेट दैनिक पत्रिकामा सो आक्रमण भएको थियो ।

हमलामा एकजना करिब ३० वर्षकोजस्तो देखिने श्वेत पुरुषको संलग्नता रहेको प्रारम्भिक अनुमान प्रहरीको छ । मारिनेमा चार जना पत्रकार र एकजना बजार शाखाका सहायक स्तरका कर्मचारी रहेका पनि प्रहरीले जनाएको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक

काठमाडौं । दसैँ, तिहार तथा छठको अवसरमा आईएमई पेले “आइएमई पे डिजिटल दसैँ तिहार” योजना …

प्रतिकृया दिनुहॊस