बैंकिङ कसुरमा सीइओ र अध्यक्षसहित ४ समातिए

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ४ जनालाई बैंकिङ कसुर अन्तर्गत पक्राउ गरेको छ । ब्यूरोले सामुदायिक लघुवित्त वित्तीय संस्था साँगा, काभ्रेको सञ्चालक समिति र तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) समेतको मिलेमतोमा नियम विपरीत निर्णय गराई रकम प्रवाह गरेको अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तत्कालीन सीइओ स्वयम्भु राम जोशी, सञ्चालक समितिका अध्यक्ष हिरा विश्वकर्मा तथा सदस्य चण्डेश्वरी प्रधान र बटुकृष्ण कार्की रहेका छन् ।

प्रहरीका अनुसार तत्कालिन सीईओ जोशीको संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृति विना मिलेमतोमा ‘गुडविल’ को रुपमा भन्दै २ करोड ५० लाख रुपैयाँ रकम प्रवाह गरिएको थियो ।

त्यस्तै, उनले राष्ट्र बैंकको नीति तथा निर्देशन विपरित तलब भत्ता लगायको विभिन्न शीर्षकमा आफू खुशी ७ लाख ४४ हजार रुपैयाँभन्दा बढी भुक्तानी लिएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरुमाथि उच्च अदालत, पाटनबाट ७ दिनको म्याद थप गरेर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस