काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ ।
तर त्यहाँको सर्वोच्च अदालतले ट्रम्पको निर्णय सदर गरिदिएको छ । न्यायाधीशको मत अनुसार हुने फैसलामा ४ न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ ले समर्थन जनाएका थिए । ट्रम्पको पक्षमा १ न्यायाधीश बढी देखिएपछि ट्रम्पको कदमले वैधानिकता पाएको न्यूयोर्क टाइम्सले लेखेको छ ।
एकपछि अर्को धक्का खाइरहेका ट्रम्पको पक्षमा भएको यो फैसलालाई उनको अहिलेसम्मकै ठूलो जितका रुपमा विश्लेषण गरिएको छ ।
ट्रम्पले फैसलालगत्तै एक ट्वीट गरेर प्रसन्नता व्यक्त गरेका छन् ।
राष्ट्रपति ट्रम्पले गत वर्ष सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । राष्ट्रपतिको निर्णय गैरकानुनी भएको भन्दै त्यसलाई अदालतमा पुर्याइएको थियो । (एजेन्सी)




