कृष्णभिरमा पहिरो : एक कार पुरियो, एक जीप फस्यो

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरमा पनि पहिरो खस्दा एउटा कार पुरेको छ भने अर्काे एउटा जीप फसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभिरमा राति लेदो माटोसहितको पहिरो खसेको हो ।

पहिरोमा बा १२ च ३८२१ नम्बरको कार आधा पुरिएको छ भने बा १३ च ५९८३ जीप फसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल सो ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।

देशकै प्रमुख राजमार्ग पृथ्वी राजमार्ग र त्यसमा जोडिएको नारायणगढ–मुग्लिन सडकमा पहिरोको जोखिम धेरै रहेको यस अघि नै प्रतिवेदन सार्वजनिक भइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप