फेरियो पानी वितरणको तालिका, अब कहाँ कति दिनमा आउँछ ?

काठमाडौं । सुरुङ परीक्षणका लागि मेलम्चीको पानी आउन केही समय बन्द हुने भएपछि काठमाडौं उपत्यकामा खानेपानी वितरणको तालिका फेरिएको छ । चैत १५ गतेदेखि वितरण शुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो । अब करिब २ महिनापछि मात्रै मेलम्चीको पानी पुनः वितरण गरिनेछ ।

सो अवधिसम्मका लागि काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुने गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ । नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्र अनुसार २ दिनदेखि १२ दिन बिराएर पानी आउनेछ । नयाँ तालिका अनुसार थोरैमा ४ दिनमा एक पटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने छ ।

केयूकेएलले सोमबार जारी गरेको विज्ञप्ति अनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ ।
बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सैबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउने भएको छ । सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइने केयुकेएलले जनाएको छ ।

हेर्नुस् अबको वितरणको तालिका :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस