के कोरोनाविरुद्धको खोप लगाए शरीर चुम्बकीय बन्छ ?

काठमाडौं । केहि दिनदेखि कोरोनाविरुद्धको खोप लगाए शरीर चुम्बकीय बन्ने अफवाह फैलिएपछि सरकारले यस बारेमा स्पष्ट गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले कोरोनाविरुद्धको खोपहरूमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू नहुने स्पष्ट गरेको हो ।

साथै केन्द्रले यस्ता अफवाहमा विश्वास नगर्न अपिल गरेको छ । केन्द्रले कोरनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको र यसले मानव स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने बताएको छ ।

सन्देशमा भनिएको छ, ‘कोभिड–१९ को खोपहरूमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू हुँदैन । त्यसैले यस्ता अफवाहको विश्वास नगरौँ । कोभिड–१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस