होन्डा सिबी ३५० डिएलएक्स नेपाली बजारमा सार्वजनिक

काठमाडाैँ ।  होन्डाको सिबी ३५० डिएलएक्स नेपाली बजारमा सार्वजनिक भएको छ।

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डाको सिबी ३५० डिएलएक्स सार्वजनिक गरेको  हो ।

सिबी ३५० डिएलएक्स कम्पनीका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युबमा प्रिमियर गरिएको एक भिडियओमार्फत सार्वजनिक गरिएको हो।

३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक ग्राहकका  लागि ३५० सिसीको यो बाइक निर्माण गरिएको कम्पनीको दाबी छ ।

बाइक सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्ल्याल्क गरी ३ विभिन्न रङमा उपलब्ध रहेको जनाइएको छ ।

यसमा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल कनसोल, रिङ टाइप विंकरसहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच डिजिटल मिटर, लामो र आरामदायी सिट यो बाइकको विशेषता रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यसको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस