नेपालले आत्मविश्वाससहित आज जोर्डनको सामना गर्दै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी मा आज जोर्डनको सामना गर्दै छ । खेल कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ

हाल कुवेतमा रहेको नेपाली टिमले गत विहिबार चाइनिज ताइपेइविरुद्ध २-० गोल अन्तरको जित निकालेको थियो । यसअघि जेठ १५ गते राति नेपालले आफुभन्दा निकै बलियो टिम इराकविरुद्धको खेल ६-२ गोल अन्तरले हारेको थियो ।

नेपाल र जोर्डनबीचको तुलना गर्दा जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थान अगाडी रहेको छ । नेपाल हाल १७१औ स्थानमा रहेको छ भने जोर्डन ९५ स्थानमा रहेको छ ।

यसअघि नेपाल र जोर्डनबीच तीन खेल भएका छन्, जसमा दुई खेलमा नेपाल पराजित भएको छ भने एक खेल बराबरीमा रोकिएको थियो ।

नेपाललाई जोर्डनले २०११ को जुलाई २३ मा विश्वकप छनौटकै खेलमा ९-० ले पराजित गरेको थियो भने त्यसको एक सातापछि काठमाडौँमा जुलाई २८ मा नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो । त्यस्तै अहिलेको विश्वकपको छनौटको पहिलो खेलमा २०१९ अक्टोबर १५ मा नेपाल ३-० गोल अन्तरले पराजित भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस