मुक्तिनाथ देवघाट (News)
फाइल फोटो

पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

विराटनगर । झापामा पोडी खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-८ डुडामारी का २८ वर्षीय जिवन थाम्सुहाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

सोमबार साँझ शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलामा उनी साथीहरूसँग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए ।

थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट गएको प्रहरी टोलीले राती बगेको ठाँउबाट दक्षिण मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस