एनआईसी एशिया बैंकबाट अब साना तथा मझौला व्यवसायीले एपिआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सक्ने

काठमाडौं । एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूका एपिआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने नेपालको बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक अत्यन्तै प्रभावकारी ‘क्विक पे’ सेवाको सुरुवात गरेको छ ।

हस्पिटालिटी, ट्राभलरटुर्स, टेलिमेडिसिन, अनलाईन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडी बढाइरहेका व्यवसायीहरूलाई लक्षित गर्दै बैंकले सुरुवात गरेको यस ‘क्विक पे’ सेवामार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।बैंकबाट ‘क्विक पे’ सेवा लिन चाहने व्यवसायीहरूले बैंकसँग सम्झौता गरेपश्चात् बैंकले उनीहरूलाई भुक्तानी लिने लिंक उपभोक्ताहरूलाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउनेछ भने उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले ईमेल, एसएमएस तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन सक्नेछन् ।

उपभोक्ताहरूले आफ्नो ल्यापटप वा कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ्ग एवं इन्टरनेट बैंकिङ्गमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्नेछन् ।

अनलाईन भुक्तानी सेवामा आबद्ध नभएका ई–कमर्श कम्पनीहरूले ‘क्विक पे’ को माध्यमबाट भुक्तानी लिनुका साथै अफलाईन व्यवसाय गरिरहेका व्यवसायीहरूले समेत यस माध्यमबाट भुक्तानी लिनसक्ने बैंकले जानकारी दिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस