सनराइज बैंककाे थप दुई शाखारहित बैंकिङ्ग सेवा संचालन

काठमाडाैं । सन्राइज बैंकले थप दुई स्थानमा आफ्नाे शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे छ ।

बैंकले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नं.-६ काे ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क न.पा वडा नं.-११ काे बनौलीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हाे ।

सो दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ग्राहकहरले एटिएम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन् ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जानकारी दिएकाे छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस