अक्षय कुमारलाई कोरोना: भन्छन्- सबै प्रोटोकल पालना गरेको थिएँ

काठमाडाैँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । आफूले सबै प्रोटोकलहरु पालना गर्दैगर्दा पनि कोभिड-१९ पोजेटिभ देखिएको उनले बताएका छन् ।

‘एका बिहानै म सबैलाई यो जानकारी दिन चहान्छु’ अक्षयले भनेका छन्, सबै सबै प्रोटोकलहरु पालना गर्दैगर्दा पनि मलाई कोभिड-१९ पोनेटिभ देखिएको छ ।’ आफू अहिले होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको रेखदेखमा रहेको उनले जानकारी दिएका छन् ।

पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई कोभिड-१९ परीक्षण गर्न र सचेत रहन अक्षयले आग्रह गरेका छन् । आफू छिट्टै कोरोनामुक्त भएर काममा फर्किन विश्वास उनको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस