मृतक प्रकाश कुँवर र दिपक दमाई

होलीमा ग्याङ फाईट हुँदा कांग्रेस नेतासहित दुईको मृत्यु, १० जनाभन्दा बढी बेपत्ता

काठमाडाैँ । बागलुङको बडिगाड गाउँपालिका १० बल्देधुरीमा होली खेल्ने क्रममा झडप भएर युवाहरुले ज्यान गुमाएको घटनामा अनुसन्धानका लागि नेपाल प्रहरीले एसपीको टोली खटाएको छ ।

घटनाको विषयमा विस्तृत अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट एसपी कृष्ण बहादुर पल्ली मगर नेतृत्वको टोली घटनास्थल गएको छ । घटनालगत्तै एसपी मगरको नेतृत्वमा ११ जनाको टोली त्यसतर्फ लागेको हो ।

बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा दुई जनाको मृत्यु भएको हो । दुई ठाउँका युवाबीच झडप हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) इकवाल हवारीले पुष्टि गरे ।

मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दिपक दमाइ रहेका छन् । कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्य थिए । उनी जिल्लामा परिचित कांग्रेस नेता थिए । दमाइ पनि कांग्रेस कार्यकर्ता थिए । उनीहरुको शव बल्देधुरी भिरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको डिएसपी जानकारी दिए ।

सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झडपका क्रममा १० जना युवा भीरमा खसेको अनुमान गरिएको आशंका छ । ‘घटनास्थल पुगेको प्रहरी टोलीले दुई जनाको शव जंगलमा फेला पारेको छ । राती अबेर भइसकेकाले खोज्न सकेनौं,’ उनले भने, बिहानैदेखि बेपत्ताको खोजी जुटेका छौँ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गृह मन्त्रालयले गर्‍यो ६ जना एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ६ एसएसपीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले ६ एसएसपीको …

प्रतिकृया दिनुहॊस