नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय हो ।

आज बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेलले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको स्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यस्तो जानकारी गराएका हुन् । उनले बिहान साढे ९ बजे जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए ।

त्यसक्रममा पोखरेललाई नर्भिक अस्पतालका चिकित्सकहरुले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएका थिए । फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस