यहि १४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप माघ १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारत सरकारले हालै मात्र १० लाख डोज कोरोनाविरुद्धको‘कोभिसिल्ड’ खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । सो खोप १४ गते बुधबार १० बजे लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् ।

खोप अभियानको शुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । १८ गतेभित्र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रमा खोप पुग्नेछ र अभियान सुरु भएको १० दिनभित्र पहिलो चरणको खोप अभियान सुरु हुनेछ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी र चालक, एम्बुलेन्स तथा शवबाहनका चालक-सहचालक, फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिने कर्मचारी, स्वास्थ्य स्वयंसेवकहरुलाई खोप दिइनेछ ।

त्यस्तै काठमाडौं उपत्यकामा भने ११ वटा बुथबाट खोप अभियान सुरु हुने र त्यसको लागि कोभिड अस्पताल र मेडिकल कलेज तोकिने भएको छ । मन्त्रालयले शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, प्रसुती गृह, एपीएफ अस्पताल, पाटन अस्पताल, वीर अस्पताललगायतका अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने बुथ बनाउने तयारी गरेको छ ।

त्यसैगरी मन्त्रालयले १८ बर्षमाथिका व्यक्तिले मात्रै खोप पाउने, खोप लिनुअघि आधा घण्टा खोपको सम्भावित असर तथा प्रभावका बारेमा जानकारी गराउने र खोप लगाइसकेपछि आधा घण्टासम्म त्यही केन्द्रमा रहनुपर्ने प्रोटोकल बनाएको छ । आइतबार नै सातै प्रदेशका लागि ४ लाख ५० हजार डोज खोप पठाइएको स्वास्थ्य विभागले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस