शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला २ सयले घटेर प्रतितोला ९२ हजार ९ सयले कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ९३ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस