आजको मौसम : पहाडका केही भाग र तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ ।

हाल प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ साथै देशका पहाडी भुभागका केहि स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुईरो लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ  गते (बुधबार)

दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ  गते (बिहिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती : : प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

माघ  गते (शुक्रबार)

दिउँसो :  प्रदेश नं १, बागमती, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …