काठमाडौ उपत्यकाका २१ ठाउँमा आज बिजुली नआउने

काठमाडौं । काठमाण्डौं उपत्यकाका २१ ठाउँमा आज बिजुली नआउने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको छ । प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ ठाउँमा विद्युत प्रवाह रोकिने भएको छ ।

हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु, मित्रनगरलगायतका ठाउँमा केही घण्टा बिजुली नआउने भएको हो । मर्मतको काम सकिए लगत्तै बिजुली आपूर्ति हुने पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्रधाकिरणले यसअघि पनि मर्मतका लागि भन्दै तालिका सार्वजनिक गर्ने गरेको थियो । मर्मतका लागि बिजुली काट्नुपर्ने भएकाले यसलाई लोडसेडिङ भन्न नमिल्ने प्राधिकरणले बताउँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालकै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो

त्रिशूली । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलुककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् …

प्रतिकृया दिनुहॊस