स–शुल्क नुहाउने पर्व माघी

कैलालीको लम्कीचूहा ७ हरदानीका शिक्षक डम्बर चौधरी केही दिनदेखि गाउँमा हातमा कापी कलम लिएर हिड्दै छन् । गाउँमा बसोबास गर्ने घरधुरी तथा जनसंख्या टिपोट गर्न भने होइन, उनि त सुंगुर मासु खानेको नाम लेख्दैछन् । छिमेकी लायकराम चौधरीको घरमा पालेको अन्दाजी ७० किलोको सुंगरको मासुको खानेको लिस्ट हो, उनले तयार गर्न लागेको ।

सबै गाउँलेलाई नपुगेको खण्डमा अर्को सुंगुरको जोहो पनि गर्नु पर्नेछ । गाउँले पनि उनलाई आफूलाई चाहिने मासुको मात्रा लेखाउदै छन् । चोक र गल्लीमा छलफल पनि हुदैछ, तैले कति किलो मासु लेखाइस, मैले त यति लेखाए । अहिले गाउँले अलि फुर्सदिला पनि भएका छन् । धान चुटेर भित्र्याएका र तोरी र गहुँ काट्ने समय भई नसकेकोले गाउँलेहरु फुर्सदिला भएका हुन् ।

करिब २ सय घरधुरी रहेको त्यो गाउँमा माघि पर्वमा सुंगुरको मासु खानेको लिस्ट तयारी गरिन लागेको शिक्षक डम्बर चौधरी बताउन्छन । थारु जातीको ठूलो पर्वको रुपमा रहेको माघिमा सुंगुरको मासु र माछाको सुकुटी सगुनको रुपमा अनिवार्य मानिन्छ । घर परिवार अनुसार मासुको माग हुन्छ, शिक्षक चौधरी भन्छन् पाँच जनासम्मको परिवारमा एक लम्बर (पाँच केजी) मासुको माग हुन्छ ।

पहिलेको तुलनामा अहिले कमजनाको परिवार छ, धेरे जसोले एक पसेरी (दुई किलो पाँच सय ग्राम) लेखाएका छन् । लिस्ट अनुसार हेर्ने हो भने हाम्रो गाउँमा करिब दुई क्वन्टल पचास किलो सुंगुरको खपत हुने देखिन्छ जसका लागि अरुको घरमा पालिकाएको सुंगुरकाट्नु पर्ने हुन्छ । पुष मसान्तका दिन थारु समुदायमा सबै जना एक ठाउँमा जम्मा हुने सुंगुरकाटेर मासु बनाउने चलन रहेको शिक्षक चौधरले बताए ।

उनले थारुजातीले माघीलाई ठूलो पर्व तथा नयाँ बर्षको रुपमा मनाउदै आएको र यसैगरी एक आपसमा सद्भाब कायम गरी संस्कृती संरक्षण गरि रहेको बताए । थारु लोक संस्कृतिमा माघीपर्व मकरसक्रान्तिबाट सुरु हुन्छ । थारु समूदायका लागि माघ महिना नयाँ बर्षको सुरुवात हो । यो एक सामाजीक, सांस्कृतिक सदभाव बोकेको पर्व पनि हो । यस पर्वमा जाँडलाई पनि मूख्य खाने कुराको रुपमा लिइन्छ ।

जाँड बनाउने, पिठो पिसाउने, वनबाट साल (सँख्वा) र मालुका (नम्हेनी) को पात ल्याएर दुना टपरी खुट्ने, मासु, ढिक्री पकाउनलाई दाउरा ल्याउने गरिन्छ ।
मानब अधिकारवादी तथा सामाजिक अगुवा दिलबहादुर चौधरीका अनुसार थारु जातीको माघि पर्वको विशेषतालाई चार भागमा हेर्न सकिन्छ ।

१) नयाँ बर्षः थारुजातीले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । नेपाली पात्रो अनुसार बैशाख १ गते नयाँ बर्ष हुनेगरे पनि थारु जातीले माघ १ गतेलाई नयाँ बर्षको रुपमा मनाउछन।

बर्षभरी भएको आ आफ्नो हिसाब किताब तथा लेनदेन चुक्ता पुस मसान्तमा गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ । माघिमा नै परिवारका सदस्यमा किसान (घरमूली) कसलाई मान्ने तथा गाउँमा भलमन्सा (गाउँको मुखिया), चौकिदार बनाउने आगामी वर्षको लागि खेतीपाती गर्ने कि नगर्ने लगाएको कुराको छलफल गरिन्छ ।

२) धार्मिक महत्वः थारुजातीको माघीको धार्मिक महत्व रहको छ । थारु जातीमा माघ १ गते अनिवार्य रुपमा लहान (नुहाउनु) अनिवार्य रुपमा लिएको छ । त्यो दिन नुहाउने मान्छे पापी फोहरी हुने धार्मिक मान्यता रहेको छ ।

त्यो दिनमा नुहाएमा बर्षभरी गरेको बर्षभरीको पाप नस्ट हुने विश्वास रहेको छ । माघ १ गते विहानै नुहाएर ठूलाबडाबाट आर्शिवाद लिने चलन रहेको छ । जस्तो सुकै मनमुटाब भएपनि यो दिन एक अर्कासँग बाल्ने सानाले ठूलालाई खुट्टा ठोग्ने र ठुलाले आशिष दिनुपर्ने हुन्छ ।

३) सामाजीक महत्वः माघि पर्वलाई मेलमिलाबको रुपमा लिईन्छ । थारुहरु वर्षभरी आफुले गरेका भूल गल्ती, पाप क्षमा मागी माघको १ गतेबाट खराव आनीबानी, सोच विचारलाई भुली एक आपसमा मेलमिलाप गर्ने, एकले अर्कोलाई क्षमा दिने र आशिर्वाद आदन प्रदान गर्ने, विग्रेको सम्बन्धलाई सुधार बनाने गर्दछन् ।

४) नेतृत्व चयनः माघि पर्व नयाँ वर्षको रुपमा मनाइने भएका कारण सबै कुरा नयाँ बाट शुरु गर्ने गरिन्छ, जस्तै गाउँमा नयाँ अगुवा चुन्ने (भलमन्सा), गुरुवा (पुजारी), नयाँ नियम कानुन बनाउने, घरमा नयाँ कामदार (कमैया, कमलहरी), राख्ने कि नराख्ने आदि । सरकारले कमैया तथा कमलरी मुक्ती घोषणा गर्नु पूर्व बर्षदिन मालिकको काम गरेका कमैया तथा कमलरीहरु पुष मसान्तमा स्तन्त्रत हुने उनिहरुले चाहेमा कसैको घरमा काम गर्ने नचाहेमा काम नगर्न सक्ने हुन्थे ।

उनिहरु स्वतन्त्र नी हुन्थे उनिहरुलाई काम गर्न कुनै दबाब शिर्जना गर्न पाईदैन थियो । आफु चाहेको घरमा काम गर्ने स्वतन्त्रता हुनथ्यो ।
पुष मसान्तका दिन अर्थात माघी पर्वको अघिल्लो दिन गाउँमा सबैमिलि सुंगुरमार्ने गर्दछन् जसलाई “जिटा मर्ना डिन” भनिन्छ, समाजीक अगुवा दिलबहादुरले भने यस दिन गाउँका पुरुषहरु सुंगुरको मासु भागबण्डा गर्ने महिलाहरु ढिक्री बनाउन ब्यस्त हुन्छन ।

‘‘थारुको जातीको लोक संकृस्ती माघी पर्व हो, यसले थारुजातीमा रौकनता थपेको छ,” समाजीक अगुवा चौधरीले भने ‘‘माघी भन्दै युवा जवान, वृद्धहरु माघी पर्वमा जाँड, रक्सीमा झुम्मीनु माघीको संस्कृती होइन की विकृती हो ।”पर्वमा जाँड रक्सी बच्चाबच्चीका अगाडी खानु, बाटो मै बेहोस भएर सुत्नुले संकृस्तीमा विकृती ल्याउँने उनको भनाइ छ ।

कोरोनाको प्रभाबले यसवर्ष माघी  पर्वमा केही रौनकता कम देखिएको कैलालीको लम्कीचूहा ७ का वडा अध्यक्ष हरिराम चौधरी बताउन्छन । नेपाल सरकारले पाँच पाँच बर्ष निर्वाचन गराएपनि थारुजातीले प्रजातान्त्रीक पद्धती अनुसार प्रत्येक बर्षमा नयाँ बर्षको रुपमा बनाउने र गाउँले भेला (साधारण सभा) हुने नेतृत्व चुन्ने र आपसी लेनदेन, मनमुटाबलाई समाप्तपारी नयाँ ढर्राबाट अगाडी बढ्छन ।

यस साधारण सभामा अगाडी नेतृत्व गरेका भलमन्सा तथा चिराकी (चौकीदारी) को मूल्याकन हुने गर्दछ । राम्रो मूल्याकन भएमा दोस्रो पनि सोही जिम्मेवारी पाउँने र नभए अर्कोलाई नेतृत्व हस्तान्तरण हुने गर्दछ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया मुक्तीको घोषणा गरेसँगै यस दिनलाई थारु समुदायले स्वतन्त्रताको दिनको रुपमा पनि मनाउने गरेको वडा अध्यक्ष हरिरामले बताए ।

पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरमा रहेका थारुहरुले माघी पर्व मनाउने मात्र नभएर केन्द्रीय राजधानी सहित २४ जिल्लामा बसोबास गर्ने थारुहरुले यो वर्ष मनाउने गरेको पत्रकार लक्की चौधरीको भनाई छ ।

उनले पूर्व झापा देखि पश्चिम कञ्चनपुर जिल्लामा बसोबास गर्ने १७ लाख ३३ हजार ४ सय ७० जना थारुहरुले यो पर्व मनाउने गर्दछन् । यो जनसंख्या नेपालको कूल जनसंख्याको ६.५ प्रतिशत हो । पत्रकार लक्कीका अनुसार माघिमानयाँ बर्षका साथै सद्भाब तथा मेलमिलाबको पर्व हो । पुष मसान्तीमा सुंगुरको काट्ने र घरमा थारुको प्रमुख परिकार ढिक्रि बनाउने गर्दछन् ।

माघ १ गते नजिकैको नदीमा गएर सामुहिक रुपमा नुहाउने प्रचलन छ, माघि पहिले दिन अहिंसाको दिन भएकोले यस दिन हत्या गर्न पाइदैन, पत्रकार लक्की भन्छन, पुष मसान्तका दिन काटेको सुंगुरको मासु खानुपर्ने हुन्छ । “पुषमसान्तको राती विभिन्न किसिमका नाँचगान गर्ने धमार गित गाउँने तथा डफ बजाउने गरिन्छ,” पत्रकार लक्कीले भने “भाले नबासुञ्जेल नुहाउन पाईदैन र नदिनमा निःशुल्क नुहाउन पनि पाइदैन ।” नदीमा पहिलो पटक डुबुल्की मार्दा सिक्का पैसा साथमा लिइ पानी भित्रै छोडनु पर्दछ ।

नदीमा स्नानपश्चात लोटामा पानी केही पैसा, फूल, अक्षता ढुंगाको देवतामा एकाग्र मनचितका साथ अर्पण गरिन्छ । नुहाएर घरमा आउने र सेतो चामल टिका लगाउनु पर्ने हुन्छ । त्यसपछि५–७ अन्ुजली चामल निकाल्ने त्यसमा मासको दाल, नुन, हद्धी खुर्सानी मिलाईन्छ जसलाई ‘निश्राउ कहार्ने’ भनिन्छ । यसरी मिसाईएको निश्राउमा केही थपेर माघीको दोस्रो दिनमा दिदीबहिनीलाई दिन जाने गरिन्छ ।

माघिको दोस्रो दिन अर्थात २ गते दिदी बहिनी पनि दाजुभाईले ल्याउने निश्राउ पर्खि बसेका हुन्छन् ।

यस पर्वमा भगवान शिवको पुजा गर्ने प्रचलन छ । २ गते माघी दिवानी शुरु हुने भएकाले खिंचडी खाने, अन्धी (एक प्रकारको धान) चामलको भात खाने मघौता नाँच, छोक्रा नाँच, झुम्मा नाँच, धमार गितगाउँने तथा डफ बजाउने गर्दछन । नवदम्पती तथा निशान्तहरुले सन्तान प्राप्तिको लागि भगवानको प्राथना गर्ने प्रचनछ, जसबाट सन्तान सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

माघि पर्व थारुजातीको महत्वपूर्ण तथा ठूलो पर्व हो । यस पर्वमाले आपसी सद्भाव र मेलमिलालाई प्रगाढ बनाउदछ । करिब साढे १७ लाख थारुजाती मात्र नभएर माघि पर्व अन्य जाती विशेष पर्वका रुपमा मनाउने गर्दछन ।

मकर संक्रान्तिका रुपमा पनि यस पर्वलाई मनाउँने गरिन्छ । माघी लगायतका यी धेरै चार्डपर्वहरु हिन्दु संस्कार, विचार, आस्थाबाट प्रभावित रहेका हुन्छन । पछिल्लो केही बर्ष यता देखी नेपालमा कमैया, कमलहरी मुक्तीको घोषणासँगै यसलाई थारुजाती स्वतन्त्रता दिनको रुपमा मनाउदै आएका छन् । सरकारले विसः २०५७ साल माघ २ गते कमैयामुक्ती र त्यसपछि कमलहरी मुक्तिको घोषणा गरेको थियो ।

माघि शुरु भएसँगै विभिन्न ठाउँमा मेला महात्सब लाग्नेको छ । कैलालीको वर्दगोरिया, घोडाघोडी मन्दीर लगायत प्रसिद्ध धामिक क्षेत्रमा मेलामहोत्सब तथा पूजाआजा गरिदै आएको देखिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस