ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश

काठमाडौं । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ग्लोबल आइएमई बैंक लिमिटेड आजदेखि आफ्नो स्थापनाको १४ औँ वर्षमा प्रवेश गरेको छ ।

स्थापनाको छोटो अवधिमानै बैंक पूँजी, व्यवसाय, शाखारसञ्जाल समेतका हिसाबले नेपालकै ठुलो तथा मजबुत बैंक बनेको छ ।

बैंकको हाल चुक्ता पूँजी करिब रु १९ अर्ब पुगेको छ । प्रस्तावित १४ प्रतिशत बोनस पश्चात करिब रु २१ अर्बभन्दा बढी पुग्नेछ । यस्तै सञ्चित कोष गरी प्राथमिक पूँजी रु २७ अर्ब २४ करोड, कूल निक्षेप रु दुई खर्ब ४९ अर्ब र कूल कर्जा रु दुई खर्ब ११ अर्बभन्दा बढी पुग्नेछ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले सातवटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउण्टर, एक सिडिएस क्लियरिङ काउण्टर रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस