कोरोना महामारीकाबीच हवाई दुर्घटनामा मृत्यु बढ्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण हवाई यात्रामा कमी आएपनि दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढेको छ । सन् २०१९ को तुलनामा २०२० मा हवाई दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढेको हो ।

डेनमार्कको उड्डयन परामर्शदाता कम्पनी टु७० का अनुसार सन् २०२० मा २९९ जना व्यक्ति व्यावसायिक हवाई दुर्घटनामा मारिएका छन् । यो सन् २०१९ को २५७ भन्दा बढी हो । गत वर्ष विश्वभर हवाई उडान ४२ प्रतिशतले घटेको फ्लाइटराडार२४ ले जनाएको छ । टु७० का अनुसार मृत्यु हुनेको संख्यामा ठूला व्यावसायिक उडानहरूको दुर्घटना रहेका छन् ।

सो संख्यामा इरानको सशस्त्र शक्तिले खसालेको युक्रेनको जहाजमा भएको मृत्यु पनि समावेश छ । सो दुर्घटनामा १७६ जना मारिएका थिए र इरानले ती प्रत्येकको परिवारलाई १५०,००० डलर क्षतिपूर्ति दिने बताएको छ । अर्को ठूलो दुर्घटना पाकिस्तान वायुसेवाको कराँचीमा भएको विमान दुर्घटना रहेको छ जसमा ९८ जनाको मृत्यु भएको थियो ।

सो दुर्घटनाको कारण मानवीय त्रुटि रहेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ । टु७० का अनुसार विमान दुर्घटनाको सङ्ख्या भने आधाभन्दा धेरै घटेको छ । सन् २०१९ मा ८६ दुर्घटना भएकोमा सन् २०२० मा ४० दुर्घटना मात्रै भएको र तीमध्ये पाँच दुर्घटनामा मात्रै मानवीय क्षति भएको जनाइएको छ ।

दुर्घटनाको दर गएको १० वर्षमा समान भएको बताउँदै कम्पनीले सन् २०२० मा भएको उडानको कमीका कारण चालक दलको क्षमतामा ह्रास भएको हुनसक्ने बताउँदै सामान्य उडानमा फर्कँदा त्यसको असर देखिन सक्ने बताएको छ । सन् २०१७ सबैभन्दा सुरक्षित वर्ष रहेको छ जुन वर्ष हवाई दुर्घटनामा १३ जनाको मात्रै मृत्यु भएको थियो । –बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना खोपको अभावपछि युरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

बर्लिन । युरोपका विभिन्न मुलुकमा कोभिड-१९ विरुद्धको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । …

प्रतिकृया दिनुहॊस