सर्लाहीमा बालमैत्री स्थानीय शासन सम्बन्धी तालिम शुरु

सर्लाही।  “आजका बालबालिका नै भोलिको देशका भविष्य हुन् । बालमैत्री वातावरण र समाज निर्माण गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो ।” बागमती सेवा समाज नेपालका अध्यक्ष भरतकुमार कार्कीले बालमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने तालिमको शुरुवातमा उक्त कुरा बताए ।

बागमती सेवा समाज नेपाल, सर्लाहीद्वारा वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा पौष ५ गतेदेखि बालमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने तालिम सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका वडा नं. ३ स्थित धनकौलमा शुरु भएको छ ।

तालिमको उद्घाटन सत्रमा बोल्दै उनले बाल अधिकारको रक्षा र बालबालिकाको संरक्षणको लागि सबै जना एकजुट भएर लाग्नु पर्ने बताए।

सोही अवसरमा बोल्नुहुँदै वल्र्डभिजन इन्टरनेशनलका नीति तथा संचार विज्ञ प्रमिल अधिकारीले बालमैत्री स्थानीय तह र वडा निर्माणका लागि संस्थाले साझेदारी गरी सहजीकरण गरिरहेको बताए ।

तालिममा बाल अधिकार संरक्षण, बालमैत्री स्थानीय शासनको परिचय, यसका सूचकहरु आदि बारेमा तालिममा छलफल भइरहेको छ ।

तालिमको अन्तिम दिनमा वडालाई बालमैत्री बनाउनका लागि कार्ययोजना निर्माण समेत गरिने कुरा आयोजक संस्थाका परियोजना संयोजक कुमार भण्डारीले जानकारी दिए ।

पौष ७ गतेसम्म सञ्चालन हुने उक्त तालिममा जिल्लाको हरिपूर्वा नगरपालिका वडा नं. ३ र वडा नं. ८ तथा पर्सा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष, सदस्यहरु, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, बालक्लवका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

बालमैत्री स्थानीय तह निर्माण पहलकदमीको पहिलो खु्ड्किलाको रुपमा तालिम प्रदान भई रहेको र बालमैत्री वडा निर्माणका लागि आवश्यक कार्ययोजना निर्माण गर्ने उक्त तालिमको मुख्य उद्देश्य रहेको जानकारी आयोजक संस्थाले दिएको छ ।

उक्त तालिममा बालमैत्री स्थानीय शासन विज्ञ मबिन घलेले सहजीकरण गरिरहनु भएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस