प्रजिअ र सुरक्षा प्रमुखलाई सरकारकाे निर्देशन- जिल्ला नछाेड्नुस् !

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बच्नका लागि संसद विघटनकाे निर्णय गरेसँगै अहिले राजनीतिक वृत्त तात्तिरहेकाे छ । पार्टीका शीर्ष नेताहरू समूह तथा गुटमा विभाजन भएर कसैले ओलीकाे समर्थन त कसैले विराेध गरिरहेका छन् । कति नेता तथा मन्त्रीहरू भने तटस्थ छन् ।

प्रधानमन्त्रीको कदमले सत्तारूढ नेकपा फुटको संघारमा पुगेको अवस्था छ । यद्यपी अधिकांश नेताहरू पार्टी फुटाउने पक्षमा छैनन् । प्रतिनिधिसभा विघटनपछि देशका विभिन्न ठाउँमा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन भइरहेका छन्, कहीँ भने उनकाे समर्थनमा पनि प्रदर्शन भइरहेकाे छ ।

यसैबीच सरकारले सुरक्षालाई मध्येनजर गर्दै देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । गृह मन्त्रालयको अनुमतिबिना ७७ वटै जिल्लाका प्रजिअ र चारवटै सुरक्षा निकायका सुरक्षा प्रमुखहरूलाई जिल्ला नछाड्न परिपत्र गरिएकाे हाे ।

बदलिँदो राजनीतिक परिस्थितिअनुसार शान्तिसुरक्षा सुदृढ बनाउन प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा अंगका प्रमुखसँग आइतबारै छलफल गरेका थिए । छलफलपछि उनले प्रजिअ र सुरक्षा प्रमुखहरुलाई हाइ अलर्टमा रहन निर्देशन दिएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस