अमेरिकाले पनि दियो फाइजरको भ्याक्सिन प्रयोगको अनुमति

काठमाडौँ । अमेरिकामा फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनको आपतकालीन प्रयोगको अनुमति दिइएको छ । अमेरिकाको फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एएफडीए) ले फाइजरको भ्याक्सिन प्रयोगको अनुमति दिएको हो ।

अमेरिका बेलायत, बहराइन र क्यानाडापछि फाइजरको भ्याक्सिन प्रयोगको अनुमति दिने चौथो देश बनेको छ । यस अघि एफएडीए अन्तगर्तको भ्याक्सिन सम्बन्धि एक कमिटीले एफएडीएलाई फाइजरको भ्याक्सिन प्रयोगको अनुमति दिन सिफारिश गरेको थियो ।

तिनै चरणको ट्रायल पुरा गरेपछि अमेरिकी फार्मास्युटिकल कम्पनि फाइजर र जर्मनी बायोटेक कम्पनि बायोएनटेकले बनाएको कोरोनाविरुद्धको यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको रिपोर्ट आएपछि विश्वका विभिन्न देशमा प्रयोगको अनुमति दिने क्रम जारी रहेको छ ।

यो भ्याक्सिनलाई माइनस ७० डिग्रीमा स्टोर गरिराख्नु पर्ने भएकाले यसको प्रयोगका लागि स्टोरको विशेष व्यवस्था गर्नुपर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो संदेश जारी गर्दै एफडीएले फाइजरको भ्याक्सिन प्रयोगको अनुमति दिएको भन्दै ९ महिनामा भ्याक्सिन तयार गरेर मेडिकल चमत्कार गरेको बताएका छन् । भ्याक्सिन सुरक्षित रहेको बताउदै राष्ट्रपति ट्रम्पले यो भ्याक्सिनको कुनै साइडइफेक्ट नरहेको बताएका छन् ।

ट्रम्पले अमेरिकन नागरिकलाई कोरोनाको भ्याक्सिन नि:शुल्क हुने घोषणा गर्दै अबको २४ घण्टाभन्दा कम समयमा नै भ्याक्सिन दिन शुरु गरिने घोषणा गरेका छन् । अमेरिकामा अहिलेसम्म कोरोनाबाट एक करोड ६२ लाखभन्दा बढी संक्रमित भएका छन् भने करिब ३ लाखको मृत्यु भएको छ

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस