बसले ठक्कर दिँदा कार चालकको मृत्यु

सर्लाही । पूर्व-पश्चिम राजमार्गमा पर्ने सर्लाहीको बाँके जंगलमा वुधवार राति बस र कार आपसमा ठोक्किँदा कार चालकको मृत्यु भएको छ ।

जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा आउँदै गरेको ना ४ ख २७९६ नम्वरको बस र विपरीत दिशातर्फ गइरहेको प्रदेश २–०२–००१–च ०३१९ नम्बरको कार आपसमा ठक्कर खाँदा कार चालक महोत्तरीको मनरा नगरपालिका– १ का नागेन्द्र कुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका सिंहलाई उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस