३५ वर्षीया महिला बलात्कार गरेको आरोपमा सोविन्द्र पक्राउ

सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई बाँसको झाडीमा लगेर यही कात्तिक २० गते बलात्कार गरेको पीडितले बताए ।

यसैगरी अर्को एक घटनामा १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरविरुद्ध बिहीबार उजुरी दर्ता भएको छ ।

एक्लै देखेर मौका छोपी नियन्त्रणमा लिई करकापमा पारी कात्तिक २३ गते आरोपितले उसमान मियाँको आँपको बगैँचामा बलात्कार गरेको पीडितले आरोप लगाएकी छिन् । आरोपित हालसम्म पक्राउ परेका छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस