हैदराबाद क्वालिफायरमा प्रवेश, आरसीबी बाहिरियो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको छ । बैंगलोरले दिएको १३२ रनको लक्ष्य पछाएको हैदरावादले १९.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

हैदरावादका लागि केन विलियम्सले सर्बाधिक ५० रन बनाए भने जासन होल्डरले अविजित २४ रन बनाएका थिए । त्यस्तै मनिष पाण्डेले २२ रन र कप्तान डेविड वार्नरले १७ रन बनाए । त्यस्तै बैंगलोरका बलर मोहमद सिराजले दुई विकेट लिएका थिए भने एडम जाम्पा र युजवेन्द्र चहलले एक एक विकेट लिए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउदै १३१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डिभिलीयर्सले ५६ रन बनाए भने एरोन फिन्चले ३२ रन बनाए । त्यस्तौ मोहमद सिराजले १० रन बनाएका थिए । बैंगलोरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै हैदरावादका बलर जासन होल्डरले ३ विकेट लिए भने टि नटराजनले २ तथा शाह्बाज नदीमले एक विकेट लिए ।

यो जितपछि सनराइजर्स हैदरावाद दोस्रो क्वालिफायरमा पुगेको छ भने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग आइतबार खेल्ने छ । यो हारसँगै रोयल च्यालेन्जर्स बैंगलोरको आइपिएल यात्रा भने सकिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस