कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने गरि कक्षा १२ को परीक्षा मोडालिटी तयार

काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसीर दोस्रो साता लिने गरि कार्यतालिका सार्वजनिक गर्ने भएको छ।  राष्ट्रिय परीक्षा बोर्डका  अनुसार परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै हुनेछ।

कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयलले लिने आन्तरिक मुल्यांकनको २० प्रतिशतका आधारमा मूल्यांकन गरिने छ। परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ।

कक्षा १२ को परीक्षा स्थगित भएको ८ महिना पुगिसकेको छ। कोरोना महामारीका कारण स्थगित भएको परीक्षामा ४ लाख ३२ हजार विद्यार्थी सहभागी हुँदैछन्  ।परीक्षामा  कोरोना संक्रमित पनि सहभागी हुन सक्ने गरि मोडालिटी तयार पारिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस