आजको मौसम : कुन-कुन प्रदेशमा कस्तो रहने छ त?

काठमाडौं ।अहिले  प्रदेश १, प्रदेश २ र बागमति प्रदेश मा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ भने  प्रदेश १ का एक दुइ स्थानमा वर्षा भइरहेको छ ।ज ल तथा मौसम विञान विभागका अनुसार बंगालको खाडीको उत्तरपश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । 

यस्तो छ तीन दिनको पूर्वानुमान :-

असोज २१ गते (बुधबार)

दिउँसो :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २२ गते (बिहिबार)

दिउँसो :  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का  वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २ गते (शुक्रबार)

दिउँसो :  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का  वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस