भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०३९ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ९५ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९५ हजार ५४२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८२ हजार १७० जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । भारतमा कुल संक्रमित ६० लाख ७४ हजार ७०३ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ५० लाख १६ हजार ५२१ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ६२ हजार ६४० कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ७ करोड १९ लाख ६७ हजार २३० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ७ लाख ९ हजार ३९४ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस