दार्चुलाको होटलमा प्रहरीका सई मृत फेला

दार्चुला । दार्चुलामा एक जना नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक (सई) मृत फेला परेका छन् । प्रहरी नायव निरिक्षक ध्रुव रावल मृत फेला परेका हुन् ।

शुक्रबार बिहान ४ बजे होटलकै शौचालयमा लडेको अवस्था भेटिएका उनलाई जिल्ला अस्पताल पुगाउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

सदरमुकाम बंगाबगडस्थित जयदुर्गा भवानी होटलको शौचालयमा मुखबाट रगत बगेको अवस्थामा भेटिएका थिए । घटनाबारे शुक्रबार विहान होटल मालिकले प्रहरीलाई खबर गरेपछि अस्पताल लैजाँदा रावलको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्याल दार्चुलाले जनाएको छ । अछाम घर भएका मृतक सईका दुई छोरा र एक श्रीमती धनगढी बस्दै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गृह मन्त्रालयले गर्‍यो ६ जना एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ६ एसएसपीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले ६ एसएसपीको …

प्रतिकृया दिनुहॊस