फाइल फोटो

वालिङमा पहिरोले पुरिएर ७ जनाको मृत्यु, २ वेपत्ता

काठमाडौं । स्याङजाको वालिङ नगरपालिका-१४ तमादीमा पहिरोले पुरिएर ७ जनाको मृत्यु भएको छ । स्याङजाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी नवराज बरालका अनुसार पहिरोमा पुरिएका ७ जनाको शव निकालिएको छ ।

बिहान ६ बजेतिर आएको पहिरो स्थानीय माया नेपालीको घर पुुरिँदा १० जना वेपत्ता भएकोमा १ जनाको जीवितै उद्धार गरिएको छ भने २ जना अझै वेपत्ता छन् । ‘अहिलेसम्म ७ जनाको शव निकालिएको जानकारी आएको छ सूूचना अधिकारी बरालले भने प्रमुुख जिल्ला अधिकारी सहितको टोली उद्धारका लागि खटिएको छ, वेपत्ता २ जनाको खोजीकार्य जारी छ ।

त्यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ गौतमडाँडाका १६ वर्षीय विष्णु दमाईको पनि पहिरोमा परी मृत्यु भएको छ । राति २ बजेको समयमा पहिरो आउँदा अरु भने जोगिएर उम्कन सफल भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस