कोरोना अपडेट : भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण विश्वमै सबैभन्दा धेरै मृत्यु भारतमा भएको छ । संक्रमणदर पनि त्यहाँ विश्मै सबैभन्दा उच्च देखिएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण एक हजार ६६ जनाले ज्यान गुमाएका छन् । यस बीचमा त्यहाँ ८७ हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या भारतमा एकैदिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

पछिल्लो २४ घण्टामाअमेरिकामा नौ सय ८६, ब्राजिलमा आठ सय ५५, मेक्सिकोमा पाँच सय १३, कोलम्बियामा दुई सय ७०, अर्जेन्टिनामा दुई सय ६२, रुसमा एक सय २१, दक्षिण अफ्रिकामा एक सय १५, स्पेनमा एक सय ८४, इरानमा एक सय १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ५३ हजार भन्दा धेरै, ब्राजिलमा ४५ हजार भन्दा धेरै, अर्जेन्टिनामा १० हजार भन्दा धेरै, कोलम्बियामा आठ हजार भन्दा धेरै, रुसमा पाँच हजार भन्दा धेरै, मेक्सिकोमा झण्डै ६ हजारमा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ लाख ७८ हजार ८३ पुगेको छ भने संक्रमितको संख्या दुई करोड ६७ लाख ७३ हजार पाँच सय १९ पुगेको छ। अहिलेसम्म संक्रमितमध्ये एक करोड ८८ लाख ८९ हजार भन्दा धेरै निको भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रक क्लाइम्बिङ गर्दा लडेर एक युवाको मृत्यु

काठमाडौं । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस