आजको मौसम: कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा मुलुकको मौसम सामान्यतया बदली हुने तथा देशका केही प्रदेशहरुमा हल्का वर्षाको अनुमान गरेको छ ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिण तर्फ अवस्थित भएकोले पहाडी भू–भागमा सामान्य बदली र तराई भू–भागमा आशिंक बदली रहनुका सातै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

भाद्र २० गते (शनिबार)
दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षा को सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, गण्डकी प्रदेश, तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २१ गते (आईतबार)
दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २२ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश नं १, बाग्मती प्रदेश,गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग यस्तो आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको …

प्रतिकृया दिनुहॊस