दक्षिणी जापानको ओकिनावामा ठूलो आँधी [भिडियोसहित]

टोकियो । जापानको दक्षिणी टापुहरूमा शक्तिशाली आँधीबेहर आएको छ । मंगलबार उक्त आँधी (ताइफुन) दक्षिणी टापु र कोरियाली प्रायद्वीपतिर गएको थियो ।

ओकिनावा प्रान्तमा क्षति पुर्याएको छ । म्यासाक नाम दिइएको उक्त आँधीले त्यहाँ २००० भन्दा बढी घरहरूको बिजुली सेवा प्रभावित भएको ओकिनावा इलेक्ट्रिक पावर कम्पनीले जनाएको छ ।आँधी जापानको मुख्य दक्षिणी टापु क्युशुमा अवतरण गर्ने अपेक्षा गरिएको छ । आँधी बिहीबारसम्म दक्षिण कोरिया पुग्न जापानको मौसम एजेन्सीले जनाएको छ । गत हप्ता कोरियाली प्रायद्वीपमा आएको आँधीले दुबै कोरियामा क्षति पुर्‍याएको थियो ।

  • जापानबाट न्यूज दैनिकका संवाददाता करुणा पन्तको सहयोगमा
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री