काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उनको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । ७० वर्षीय चालिसे ५ दिनअघि अस्पताल भर्ना भएका थिए ।
चालिसेले लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए ।
तपाईंको प्रतिकृया



